विवहा अधि के कुरामा ध्यान दिने त…?


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०७८ मा प्रकाशित     
विवहा अधि के कुरामा ध्यान दिने त…?

काठमाडौं चैत ११विश्वव्यापीकरणको अहिलेको युगमा सामाजिक मान्यताहरु पनि परिवर्तन हुँदै गइरहेका छन् । परिवर्तनको यो सिलसिलामा विवाहको प्रक्रिया पनि समावेश छ । अर्थात्, विवाहको चलन र यसको प्रक्रियामा पनि आधुनिकीकरणले ठूलो प्रभाव पारेको छ ।

पहिलेपहिले अभिभावकहरुले आफ्नो सन्तानका लागि जीवनसाथी रोज्ने गर्थे, तर अहिले युवायुवतीले आफ्नो जीवनसाथी आफैं रोज्न थालेका छन् ।युवायुवतीहरु आफ्नो प्रेमलाई विवाह परिणत गरे मात्रै सफल हुने ठान्दछन् । आफ्नो सम्बन्धमा सामाजिक छाप लगाउन युवायुवती विवाह बन्धनमा बाँधिन चाहन्छन् । तर कतिपय अवस्थामा सामाजिक, पारिवारिक तथा सामाजिक हिसाबले पनि उनीहरुको प्रेमको सिलसिला टुट्ने जोखिम हुन्छ ।

तपाईंको प्रेमी वा प्रेमिका भाडाको घरमा बसिरहेका छन्, तर विवाहअघि तपाईंले प्रेमीलाई घर किन्ने प्रस्ताव राख्नुअघि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । घर किन्नका लागि प्रेमी सक्षम छन् भने त भइहाल्यो । तर उनको त्यो क्षमता छैन भने विवाहपछि सँगै कमाएर घर बनाउँला भनेर भन्नुपर्छ ।

हिजोआजका युवती कामकाजी भएकाले भान्सामा परिवारका लागि खाना पकाउने समय नहुन सक्छ । तर विवाहपछि भान्साका साथै घरको अन्य काम पनि गर्नुपर्ने हुन्छ । यदि श्रीमान् सहयोगी छन् भने उनलाई पनि धेरै सहयोग मिल्छ । बिहेअघि आफ्नो प्रेमीलाई स्पष्ट भन्न सक्नुपर्छ कि बिहेपछि तपाईं पूरै दिन भान्सामा बिताउन सक्नुहुन्न वा मिलेर काम सम्पन्न गर्नुपर्छ । होइन भने काम गर्ने सहयोगी राख्नुपर्छ ।

विवाहपछि घरको सवारी साधनको प्रयोग वा अन्य सुविधाको प्रयोगमा श्रीमानकै बोलवाला हुने गर्दछ । त्यस्तो अवस्थामा आफूलाई सवारी साधन चाहिएको छ भने त्यसको व्यवस्थापन गर्न वा आफ्नो लागि छुट्टै व्यवस्था गर्न लगाउनुपर्छ ।

यस्तै विवाहपछि तपाईंले विभिन्न भूमिका निर्वाह गर्नुपर्छ, श्रीमती, बुहारी, भाउजू, माइजूलगायत ।

संयुक्त परिवार भए सासूससुरा, देवर, देवरानी, नन्द घरमा हुने भएकाले विवाहपछि आफ्नो करिअर कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि विवाहअघि नै छलफल गर्दा राम्रो हुन्छ ।

पार्टनरको मनसाय जाँच्नुहोस्

प्रेममा पार्टनरको आकर्षणमा हराउनु सामान्य कुरा हो । तर पार्टनरको नियत जाँच्न नसक्ने गरी आकर्षणमा हराउनु भने हुन्न । वास्तवमा केटीहरु बढी भावुक हुन्छन् । छिट्टै केटाहरूको मीठा कुरामा फस्छन् । तर केही केटामा उल्टो गुण पनि हुन्छ । त्यसैले आफ्नो पार्टनरको मनसाय पनि बिहे अघि नै जाँच गर्नुपर्छ ।

विवाहपछि श्रीमानको अनादरका कारण पनि धेरै महिलाले समस्या झेलिरहेका हुन्छन् । आफ्नो पार्टनरको मनसाय जाँच नगरी विवाह गर्ने निर्णय गर्ने धेरै युवती समस्यामा परेका पनि छन् ।

तर प्रश्न उठ्छ कि पार्टनरको नियत कसरी परिक्षण गर्ने ? पैसाको सन्दर्भमा प्रेमीको व्यवहार कस्तो छ अनुमान गर्ने प्रयास गर्नुहोस् । जब तपाईंहरु दुवैजना सँगै घर जाँदै हुनुहुन्छ भने कसले बढी खर्च गर्छ ? के पार्टनरले कतै पैसा खर्च गर्न अस्वीकार गर्छ ? यी कुरा बुझ्ने प्रयास गर्नुहोस् ।

तपाईंको तलब तपाईंको प्रेमीकोभन्दा धेरै भएपनि उसको आत्मसम्मानको जाँच गर्नुहोस् । यदि उसले तपाईंबाट पैसा लिन हिच्किचाउँदैन भने स्पष्ट रूपमा उसमा आत्मसम्मानको कमी छ भन्ने बुझ्नुहोस् ।

विवाहको समयमा तपाईंको पार्टनरले तपाईंबाट के विलासिताको माग गर्छ भनेर जान्ने प्रयास गर्नुहोस् । यदि उसले तपाईंबाट नगद वा कुनै मूल्यवान चीज चाहन्छ भने उसले तपाईंलाई होइन तपाईंको पैसालाई माया गरेको छ ।

विवाहअघि आर्थिक योजना

विवाह गर्नुअघि आर्थिक योजना पनि तयार पार्नुपर्छ । कन्सास स्टेट युनिभर्सिटीका परिवार अध्ययन र मानव सेवाका अनुसन्धानकर्ता र सहायक प्राध्यापक सोन्या बर्टले २ हजार ५०० जोडीमा गरेको अध्ययनले पति-पत्नीको सम्बन्धमा सबैभन्दा खराब समय पैसाको कारण भएको झगडाबाट निम्तिने गरेको देखाएको छ ।

अध्ययनका अनुसार यी झगडाका कारण सम्बन्ध टुट्ने अवस्थामा समेत पुगेको देखिन्छ । तसर्थ, विवाहअघि भविष्यको आर्थिक आवश्यकताको बारेमा समेत छलफल गर्नु उचित हुन्छ ।

अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap