विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता


लेखक : सुन्दराञ्चल      बैशाख १२, २०८१ मा प्रकाशित     
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता

काठमाडौँ   बैशाख १२, ( प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाका लागि पहल गर्ने गरेको आग्रहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सकारात्मक देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेख बिच आज भएको एक्ला एक्लै वार्तामा सो विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाका लागि गरेको आग्रहमा अमिर शेखले आफू रिहाका लागि सकारात्मक रहेको र यसका लागि आफ्नो तर्फबाट रिहाका लागि पहल गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए ।
हमास र इजरायल बिच मध्यस्थताको भूमिकामा रहेको कतारले यसअघि पनि विपिन जोशीको रिहाका लागि प्रतिबद्धता जनाएको थियो । हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाटमा विपिन जोशीको रिहाका लागि अमिर शेखलाई पहल गर्न आग्रह गरिएको थियो । त्यहाँ पनि अमिर शेखले आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाएका थिए ।

कतारी राजा नेपाल भ्रमणमा आउने भएपछि विपिन जोशीका परिवार काठमाडौँ आएर राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड दुवै जनालाई भेटेर जोशीको रिहाका लागि पहल गरी दिन कतारका राजा शेखलाई आग्रह गर्नका भनेका थिए । नेपाल र कतारको बिच रहेको श्रम सहकार्यको क्षेत्रलाई पनि अगामी दिनमा विस्तार गर्ने विषयमा पनि कुराकानी भएको सल्लाहका सापकोटाले बताए ।

श्रम सहकार्यमा भएको कार्यलाई अझै नयाँ ढङ्गबाट अगाडि बढाउनेमा दुवै पक्ष सहमत भएको र त्यसमा चाँडै नै छलफल गरेर अगाडि बढ्ने कुराकानी भएको उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap