धनगढी फागुन १,वार्षिक उत्सवको पूर्वसन्ध्यामा चैतन्य पाठशालाको आयोजनामा मानवसेवा केन्द्रित विविध कार्यक्रमहरूको आयोजना गरेको छ।
शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानू भन्ने मुल मर्म बोकेको पाठशालाले यस वर्षको वार्षिकोत्सवको मुल नारा ज्ञानको उत्सव र सहृदयताको सम्मान भन्ने रहेको छ ।
विद्यालयको वार्षिकोत्सवको तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा समुदाय र सम्पदा सरसफाइ , सरसफाइ सामग्री वितरण , रक्तदान कार्यक्रम र निशुल्क रुपमा दन्त,आँखा तथा सामान्य स्वास्थ्य परिक्षणको गरेको छ ।
उक्त कार्यक्रममा
धनगढी रक्तदान केन्द्रको प्राविधिक सहयोगमा स्वास्थ्य दुत दिपक प्र।उपाध्यायको संयोजनमा रक्तदान जिवनदान, मानवसेवाका लागि चैतन्य अभियान भन्ने भावका साथ सामान्य स्वास्थ्य परिक्षण १२२ जना , आँखा जाँचमा १०२ र रक्तदान १५ जनाले गरेका छन् ।
यस्ता किसिमका क्याम्पहरु समय समयमा आयोजना भई राख्ने विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले जानकारी दिए।






