वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घट्यो


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०७९ मा प्रकाशित     
वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घट्यो

१३ वैशाख, काठमाडौं  । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।

१ वैशाखसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो । ९ वैशाखमा आइपुग्दा बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।

उता कर्जा लगानी भने एक सातामा एक अर्ब रुपैयाँले मात्रै घटेको छ । १ वैशाखमा ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी ९ वैशाखसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap