वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति,


लेखक : सुन्दराञ्चल      साउन २५, २०७९ मा प्रकाशित     
वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति,

काठमाडौं साउन २५, । लगातारको वर्षाकारर्ण गएरातिको वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्याउँदा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा किसानका धान खेतसमेत पहिरोले बगाएको छ । भने

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग नै पहिरोले भत्काउँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको छ । पासाङ ल्हामुमा क्षति पुग्दा गोसाइँकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी नदीमाथि बनेका कतिपय पक्की पुलहरु भत्किएका छन् । नुवाकोट प्रहरीका अनुसार पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकामा सडक र पुलमा क्षति पुगेको छ ।

सडक र पुल भत्किंदा टोखा–छहरे सडकखण्डमा यातायात अवरुद्ध भएको छ । देवीकोटको मन्दिर, खैरहनी पुल लगायतमा पनि पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

 

यसैगरी नुवाकोटको दुप्चेस्थित बुद्धभूमि हाइड्रोपावरको ड्याम भत्किएपछि त्यहाँ फसेका दुई जना कर्मचारीहरुलाई आज बिहान प्रहरीले उद्धार गरेको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap