वर्षाका कारण पहिरो खस्दा पोखरा लेकसाइडमा एक जनाको मृत्यु 


लेखक : सुन्दराञ्चल      साउन १६, २०७९ मा प्रकाशित     
वर्षाका कारण पहिरो खस्दा पोखरा लेकसाइडमा एक जनाको मृत्यु 

१६ साउन, पोखराको । कास्कीमा आइतबार साँझदेखि लगातार वर्षा भएको छ । वर्षाका कारण सोही क्षेत्रमा का पहिरो खस्दा पोखरा लेकसाइडमा एक जनाको मृत्यु  भएको छ भने दुई जना घाइते भएकाछन् । भने सोही ठाउँ ठाउँमा ससाना पहिरोहरु पनि खस्न थालेका छन् । हेमजादेखि लाहाचोक, घाचोक लगायतका माछापुच्छ्रेका गाउँ जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

लगातार पानी परिरहेकाले जनजीवन प्रभावित भइरहेको छ । लगातार वर्षाले डुबान, पहिरोलगायतका जोखिम पनि रहेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पछिल्लो २४ घन्टामा पोखरामा २५० मिलिलिटर पानी परेको छ । पोखराको तीन ठाउँमा वर्षाको मापन हुन्छ ।

 

पोखरा विमानस्थल र मालेपाटनमा मानिसले नै मापन गर्ने मेसिन छ भने लामपाटनमा स्वचालित मेसिन राखिएको छ ।

लामपाटनको तथ्यांक विमानस्थल र मालेपाटनको भन्दा प्राय बढी नै आउने गरेको छ । लामपाटनको स्वचालित मेसिन भएका कारण पनि परीक्षणकालमै छ । अनुसन्धान तथा तथ्यांक लिनु पर्दा पोखरा विमानस्थलको तथ्यांकलाई केन्द्रमा राख्ने गरिएको छ ।

 

पोखरा विमानस्थलमा पछिल्लो २४ घन्टामा २५० मिलिलिटर पानी परेको छ । यो अघिल्लो वर्षकै हाराहारीमा हो । पोखरा मालेपाटनमा २६७ मिलिलिटर पानी परेको छ भने लामपाटनमा सबैभन्दा बढी ३३२।८ मिलिलिटर वर्षा मापन भएको छ । पोखरामा ठाउँ अनुसार वर्षा पनि फरक पर्ने र पोखरा विमानस्थलको तथ्यांकलाई केन्द्रमा राखेर सूचना प्रवाह गर्ने गरिन्छ ।

यसपटक पनि कास्कीमा अघिल्लो वर्षकै हाराहारीमा पानी परेको जल तथा मौसम विज्ञान कार्यालय अन्तर्गतको पोखरा विमानस्थलका मौसम विज्ञान सहायक अधिकारीले जानकारी दिए ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी गत वर्ष पानी परेको थियो । अघिल्लो सालको सेप्टेम्बर ३ तारिखमा २८०।४ मिलिलिटर पानी पोखरामा परेको थियो ।

२०१७ मा जुलाइ २ मा त्यो वर्षको सबैभन्दा बढी १९१।४ मिलिलिटर वर्षा मापन गरिएको थियो । २०१८ को सेप्टेम्बर ११ मा २०७ं मिलिलिटर, २०१९ को सेप्टेम्बर ४ मा १०७।५ मिलिलिटर वर्षा मापन गरिएको थियो । २०२० को जुलाइ १० तारिखमा २५०।९  र २०२१ को सेप्टेम्बर तारिखमा २८०।४ मिलिलिटर वर्षा मापन गरिएको थियो । यो वर्ष २५० मिलिलिटर पानी परेको छ ।

‘यो वर्ष मनसुन बाँकी छ । यो तथ्यांक अझै बढ्न सक्छ । तर, अहिलेसम्मको तथ्यांक हेर्दा अघिल्लो वर्षभन्दा कम नै छ’ अधिकारीले भने, ‘पोखरामा नजिकै पनि पानी पर्नेरनपर्ने हुन्छ । ठाउँअनुसार फरक पर्छ ।’ अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap