वरिष्ठ पत्रकार भैरव रिसाल को ९७ वर्षको उमेरमा निधन


लेखक : सुन्दराञ्चल      चैत्र २४, २०८१ मा प्रकाशित     
वरिष्ठ पत्रकार भैरव रिसाल को ९७ वर्षको उमेरमा निधन

काठमाडौं,चैत्र २५। वरिष्ठ पत्रकार भैरव रिसाल को ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो।

वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो। पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए।

सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको उनका भाइ पुरु रिसालले अन्नपूर्ण पोस्टलाई बताए। भाइ पुरु रिसालका अनुसार भैरव रिसालको कुनै पनि अन्त्येष्टिका कार्यक्रम हुँदैन। वरिष्ठ पत्रकार रिसाल १९८५ सालमा जन्मिएका थिए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap