धनगढी २८, असोज वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाईकल चालक फरार भएका छन् ।
दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी ६८ बर्षीया देवकी धानुकलाई त्यहाँको बजार नजकै ठक्कर दिएर चालक मोटरसाईकल सहित फरार भएका हुन् ।
वनगाउँबाट गौरिफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाईकल चालकले हिड्दैगरीको अवस्थामा ठक्कर दिएर फरार भएको घाइते महिलाका छोरा प्रकाश धानुकले बताए । दुर्घटनामा परी उनकी आमाको हात र खुट्टा भाँचिएको उनले बताए । अहिले धनगढीको मायामेट्रो अस्पतालमा आमाको उपचार भइरहेको छोरा धानुकले बताएका छन् ।
ठक्कर दिने मोटरसाईकलको नम्बर चिनेको भए जानकारी गराईदिन पनि उनले आग्रह गरेका छन् । घटनास्थल नजिकै धेरै नेपाली थिए,’ उनले भने, ‘ती मध्य कसैले मोटरसाईकलको नम्बर पहिचान गरेको भए जानकारी गराई सहयोग गरिदन अनुरोध छ ।’ आमाको उपचार गर्न आफुलाई आर्थिक अभाव रहेको उनले बताए । ‘दुर्घटनाका कारण आमाको हात र खुट्टा भाँचिएको छ,’ धानूनकले भने, ‘अप्रेसन गर्नुपर्छ भनेका छन्, ‘खर्च धेरै लाग्नेहोला कसरी खर्च जुटाउने भन्ने परि परेको छ ।’ मोटरसाईकल नम्बर कसैले चिनेको भए ९८०४६२२६२२ मा सम्पर्क गरिदिन पनि उनले अनुरोध गरेका छन् ।