धनगढी उपमहानगरपालिका वडा नं.२ मा गठन गरिएका २९ वटा टोल विकास संस्थाका अध्यक्षहरुलाई वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरि दर्ता प्रमाण पत्र प्रदान गर्नुका साथै सम्मान प्रदान गरेको छ । वडा नं. २ का अध्यक्ष धर्म राज ओझा र वडा सदस्य केशव राज पन्त , मिना रैका ले सम्मान गरेकाहन् । दुई वर्ष अगाडि धनगढी उपमहानगरका सबै वडाहरुमा टोल विकास संस्था गठन गरिएका थिए । उपमहानगरको सरसफाई र आर्थीक सामाजिक र भौतिक पुर्वाधारको विकासमा प्रत्यक्ष स्थानीयको सहभागिता गर्ने उदेश्यले टोल विकास संस्थाको गठन गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष ओझाले वडा नं. २ को विकासमा आफुले सक्ने कुनै कसुर वाँकि नराख्ने बताए । उनले आप्नोे कार्यकाल टोलको विकासमा नै लागाउने भन्दै कहि कतै वाडाबासीको चाहाना र आवश्यकता अनुसार आफुबाट केहि कमि कम्जोरी भए वडाको बजेट र जनशक्तिले भ्यायसम्म वडा बासीको सुझाव सल्लाह अनुसार काम गर्न तयार रहेको बताए । आफु सधै टोल विकास संस्था संग छलफल र समन्वय गरेर अघि बढ्ने उनको धारणा थियो । कार्यक्रममा वडाले भर्खरै सम्पन्न धनगढी डान्स च्याम्पेन्सिपमा प्रथम हुने वडानं. २ की परिधि दाहाललाई समेत सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. २ की परिचालिका निर्मला खण्काले गरेकी थिईन् भने वडा सचिब सुर्य बहादुर कार्की लगाएतको सहभागिता रहेको थियो ।