लोक गायन प्रतियोगितामा बैतडीका भरत बोहरा प्रथम स्थान हासिल . .


लेखक : सुन्दराञ्चल      जेष्ठ २०, २०८१ मा प्रकाशित     
लोक गायन प्रतियोगितामा बैतडीका भरत बोहरा प्रथम स्थान हासिल . .

धनगढी जेठ २०, सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठान आयोजना तथा रबिन कलाकेन्द्र अत्तरिया कैलालीको सहकार्य रहेको सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता(२०८१ मा बैतडी बाट सहभागी हुनु भएका भरत बोहराले प्रथम स्थान हासिल गरेका छन ।
सुदूरपश्चिमका नौं वटै जिल्लाको सहभागीता रहेको लोक गायन प्रतियोगिता सुदूरपश्चिम प्रदेशको मौलिकतामा आधारित गायनलाई प्राथमिकतामा राखेको थियो । सहभागी प्रतियोगीहरु बाट सुदूरपश्चिमका डेउडारठाडी एवं रानाथारुका प्रस्तुतिहरु रहेका थिए ।
प्रतियोगिताको दोश्रो स्थानमा बझाङ बाट प्रतिनिधित्व गरेका कुलेन्द्र परियार,तेस्रो स्थान बाजुरा बाट प्रतिनिधित्व गरेकी मनिषा बि.क. र सान्त्वना स्थान कंचनपुर बाट प्रतिनिधित्व गरेकी हेमन्तु रानाले हात पारेकी छिन।
लोक गायन प्रतियोगिताको पुरस्कारहरु प्रथम पुरस्कार नगद रु.१५,०००र( सहित प्रमाणपत्र ,दोश्रो पुरस्कार नगद रु।१०,०००र( सहित प्रमाणपत्र, तेस्रो पुरस्कर नगद रू।७००० सहित प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद रू।५,०००र( सहित प्रमाणपत्र प्रदान गरिएको थियो साथै सहभागी प्रतियोगिताहरुलाई दुई दिन सम्म खाना र बस्नको व्यवस्था आयोजक समिति बाटै गरिएको थियो र अन्य सहभागीहरुलाई रू ३,०००र( दरले भाडा बाफत प्रदान गरिएको थियो ।

गायन प्रतियोगिता अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको थियो। सभापति डा.टि.एन.जोशी एवं प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय शिव सिंह ओलि रहनु भएको थियो । उक्त कार्यक्रमको निर्णायकको भुमिकामा डेउडा क्षेत्रका वरिष्ठ हस्तिहरु नरेन्द्र राज रेग्मी,सुरत रावतू डोटेलि कान्छा र लाल बहादुर थापा रहनु भएको थियो उक्त कार्यक्रमको व्यवस्थापन एवं मुल संयोजक रविनकला केन्द्रका सुरज शाह रहनु भएको  डेउडा प्रतिष्ठान केन्द्रीय कार्य समितीका कोषाध्यक्ष प्रेम बिवश चन्दले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap