असोज ५, ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् । ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।