रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०७८ मा प्रकाशित     
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी

काठमाडौं  १२ फागुन, । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् ।

युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् ।

आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा आफैं चुन्न सक्ने बताएका हुन् ।

न्याय र सत्य रुससँग रहेको दाबी गर्दै पुटिनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई भनेका छन्- हतियारहरु फ्याँक र आफ्नो घर फर्क ।

उनले चेतावनीको शैलीमा भनेका छन् यदि कसैले रुसलाई कारबाही गर्छ भने मस्कोले प्रतिक्रिया दिन ढिलाइ गर्नेछैन । उनले यो कारबाही आत्मरक्षाका लागि हुने पनि बताए । अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap