राष्ट्रिय समाचार समिति .रासस को ६४ औं वार्षिकोत्सव सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन ७, २०८१ मा प्रकाशित     
राष्ट्रिय समाचार समिति .रासस को ६४ औं वार्षिकोत्सव सम्पन्न

धनगढी फागुन ०७, राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सवको अवसरमा बुधबार धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिं सार्कीले राज्यको चौथो अंगको रुपमा लिइएको पत्रकारितामा ठूलो शक्ति रहेको बताए । उनले सही ढंगले कलम चलाइदिएमा देशको समृद्धिमा ठूलो सहयोग पुग्ने बताए ।

राससप्रतिको जनविश्वास उहिलेदेखि अहिलेसम्म यथावत् रहेको सो विश्वास कायम गर्न राससको समाचार सेवा उत्कृष्ट रहेको मन्त्री सार्कीको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राससले नकारात्मकभन्दा सकारात्मक समाचार दिनु प्रशंसनीय कार्य रहेको बताए ।

रासस सुदूरपश्चिम प्रमुख सिद्धराज भट्टले आगामी दिनमा राससले थारु र डोटेली भाषामा समाचार दिने जमर्को भइरहेको बताए । कार्यक्रममा राससका उत्कृष्ट समाचारदाता तिलक ओझालाई सम्मान गरिएको थियो ।

No description available.No description available.
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap