राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा आउँदो वैशाख महिनामा


लेखक : सुन्दराञ्चल      माघ ९, २०७८ मा प्रकाशित     
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा आउँदो वैशाख महिनामा

काठमाडौं माघ ९– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आउँदो वैशाख महिनामा गर्ने भएको छ ।शनिबार बसेको बोर्डको बैठकले आगामी वैशाखको सुरुबाटै एसईई परीक्षा सञ्चालन हुने निर्णय गरेको हो ।

त्यसका लागि परीक्षा तालिका केही दिनमा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिए । साथै उनले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरिएको समेत बताए । उनले एसईई बैशाखमा र १२ कक्षाको परीक्षा जेठमा हुने भन्दै तयारीमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।

वैशाख महिनामा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उनको भनाई छ । त्यस्तै बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।

संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको अध्यक्ष शर्माले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap