१३ चैत, राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेकी छन् । नेपाल भ्रमणमा रहेका वाङ यी राष्ट्रपति भण्डारीलाई भेट्न केही बेरअघि शीतल निवास पुगेका थिए ।
वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । त्यस्तै, परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि वाङले भेट गरेका थिए । खड्कासँगको भेटमा नेपाल–चीनबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।