राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन २८, २०७९ मा प्रकाशित     
राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै

काठमाडौं,  २८ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीले दुवै कार्यकाल पूरा गरेकी हुन् ।

उनी पहिलो पटक २०७२ साल कार्तिक ११ गते राष्ट्रपति भएकी थिइन् । उनको पहिलो कार्यकाल भने दुई वर्ष चार महिनाको मात्र रहेको थियो । दोस्रो कार्यकाल भने उनी पूर्ण समय व्यतित गरेकी छिन् । संविधानअनुसार राष्ट्रपतिमा दुई कार्यकाल भन्दा बढी एकै व्यक्ति हुन पाउँदैन । भण्डारीको कार्यकाल आजबाट सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । यही फागुन २५ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।एमाले नेता सुवास नेम्वाङलाई दोब्बर बढी मतभारले पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलको भोलि शपथ
रामचन्द्र पौडेल राष्ट्रपतिका रुपमा भोलिमात्र राष्ट्रपतिको कार्यालय शितलनिवास पुग्नेछन् । उनले भोलिमात्र शपथ लिनेछन् ।संविधानअनुसार प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिनेछन् । शपथको कार्यक्रम सोमबार दिउँसो १ बजेको साइतमा राखिएको छ । रामचन्द्र मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । राष्ट्रपतिको कार्यकालको हिसाबले भने उनी चौथो कार्यकाल राष्ट्रपति बन्नेछन् । नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव हुन् । उनले २०६५ देखि २०७२ सालसम्म सात वर्ष कार्यकाल सम्हालेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap