राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी


लेखक : सुन्दराञ्चल      भदौ २२, २०८१ मा प्रकाशित     
 राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी

काठमाडौं :भदौ २२  राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ।

एन्फा कम्प्लेक्स  सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन्।

जारी लिगमा एपीएफको यो पहिलो जित हो। पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो। आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap