राईलाई गृहजिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर सद्भावना दूत नियुक्त


लेखक : सुन्दराञ्चल      चैत्र २२, २०७९ मा प्रकाशित     
राईलाई गृहजिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर सद्भावना दूत नियुक्त

चैत २२  गायक राजेशपायल राईलाई गृहजिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर सद्भावना दूत नियुक्त गरेको छ । राजेशपायल उक्त नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् । चैत १९ गतेको कार्यपालिकाको बैठकले दूत नियुक्त गरेको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित राजेशपायललाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा दूत नियुक्त गरिएको बताए । ‘गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि दूतको रुपमा सक्रिय हुनुहुनेछ,’ मेयर भट्टराईले भने । राईको नियमित हुने देश विदेश भ्रमणले दिक्तेल नगरपालिकाको पहिचान अझै स्थापित हुने आशा लिइएको छ ।नगरपालिकाको उक्त बैठकले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ तथा विज्ञ समूह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाहकार, २८ सदस्यीय समृद्ध नगर स्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ । प्रख्यात चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्षमा नगरपालिकामा अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जनाएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap