कैलालीको गोदावरी नगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि कानुन निर्माण गरेर नगर सभाबाट पारित गरेको छ । स्थानीय सरकार गठन भएको सात वर्ष वित्न लाग्दा समेत स्थानीय तहले आवश्यक ऐन निर्माण गर्न सकेको छैन । सुदूरपश्चिममा यो कानुन बनाउनेमा गोदावरी नगरपालिका पहिलो हो । विभिन्न संघ संस्थाको सहयोगमा नगरपालिकाले उक्त कानुन निर्माण गरेको नगर उपप्रमख शारदादेवी रोकायाले जानकारी दिनुभयो । लामो समयको छलफल र बहसपछि कानुन निर्माण गरेको रोकायाको भनाई छ । ‘गोदावरी नगरपालिका सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार २०८१’ कानुन नाम दिएको छ । एक कार्यक्रमका बीच महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडि) ले नगर उपप्रमख शारदादेवी रोकाया र स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीलाई कानुनको ड्राप्ट हस्तान्तरण गरेको हो । हस्तान्तण कार्यक्रममा पालिकामा यौन तथा प्रजनन् स्वास्थ्यमा कानुन बन्दा महिला र किशोरीहरुलाई राहत हुने उप प्रमुख रोकायाले बताउनु भयो । महिला, कानुन र विकास मञ्च, केयर नेपाल, सिआरआर र निड्स संस्थाको सहकार्यमा कानुन निर्माण भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताउनु भयो । अवस्थीले भन्नु भयो “थुप्रै ठाउँमा छलफल भएर कानुन निर्माण भएको छ’ ‘कर्मचारीहरुलाई पनि काम गर्न सहज हुनेछ ।’ पालिकाहरुमा थुप्रै मुद्धा, मामिला हुन्छ , यो कानुनले सेवा दिन सहज हुने छ”े । यस्तै, कार्यक्रममा संविधानमा प्रजनन् अधिकारका बारेमा उल्लेख भए पनि त्यसको प्रभावकारीता नदेखिएको अधिवक्ता सविन श्रेष्ठले बताउनुभयो । उहाँले बनेको कानुनलाई छिट्टै कार्यान्वन गर्न पालिकालाई सुझाव दिनुभयो ।