यो उपनिर्वाचनमा कांग्रेस पहिलो,माओवादी दोस्रो र एमाले तेस्रो


लेखक : सुन्दराञ्चल      मंसिर १८, २०८१ मा प्रकाशित     
यो उपनिर्वाचनमा  कांग्रेस पहिलो,माओवादी दोस्रो र एमाले तेस्रो

धनगढी  मंसिर १८,  आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार सार्वजनिक अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो,माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो भएको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले एउटा नगरपालिकाको प्रमुख, १६ वटा वडामा गरी १७ स्थानमा जित हासिल गरेको छ । उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रेसले जितेका रिक्त थिए ।

उपनिर्वाचनमा जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमकिपाले १ वडामा र एक जना स्वतन्त्र उम्मेदवारले वडा जितेका छन् । आइतबार ४१ पदका लागि मतदान भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap