यहि फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइदै कैलालीमा


लेखक : सुन्दराञ्चल      फाल्गुन ११, २०८० मा प्रकाशित     
यहि फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइदै कैलालीमा

फागुन ११ धनगढी , कैलालीमा यहिँ फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन लागेको हो । स्वास्थ्य कार्यालय कैलालीले बालबालिका हरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ । कैलालीका १३ वटा पालिकामा २ लाख ५८ हजार १ सय ६५ बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ ।
नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह गरेको छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेस्ठले जानकारी दिए ।

यस्तै एक हजार ९ सय २८ स्वयंमसेवक र ए।ई।एफ।आई। व्यवस्थापन तथा अनुगमनका लागी २० जनालाई परिचालन गरिने उनले बताएका छन् । प्रमुख श्रेस्ठले जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी समेत तयारी गरिरहेको बताएका छन् ।
दादुरा–रुवेला रोग लागेको १ जना व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्ने सक्छ त्यसैले यो रोगाबाट सुरक्षित हुन बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाऔँ र दादुरा रुबेला रोग निबारण गरौँ चिकित्सकले बताएका छन् ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap