मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते थारु अगुवा लाहुराम चौधरीको आज निधन,


लेखक : सुन्दराञ्चल      बैशाख ६, २०७९ मा प्रकाशित     
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते थारु अगुवा लाहुराम चौधरीको आज निधन,

वैशाख ६ धनगढी,  । ०२–०३–०१७–प ५९७३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते थारु कल्याकारिणी सभा  थाकस  कैलालीका सभापति एवम् थारु अगुवा लाहुराम चौधरीको आज निधन भएको छ ।

लाहुराम चौधरीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

धनगढी उपमहानगरपालिका–३ बड्हरावासी चौधरीलाई छ लेन सडकका पैदल हिड्दै गरेको अवस्थामा शनिबार साँझ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का २९ वर्षीय समिर घिमिरेले चलाएको प्रदेश ०२–०३–०१७–प ५९७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएका थिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर धाइते भएका लाहुराम चौधरीलाई आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले बताए । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap