मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा


लेखक : सुन्दराञ्चल      माघ १२, २०७८ मा प्रकाशित     
मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

माघ,१२ मोरिससविरुद्धको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । दुवै खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा सहभागी सबै खेलाडीलाई समावेश गर्दै दुई टोली घोषणा गरेका हुन् ।

मोरिसससँगको खेलका लागि पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा थियो । तर, विभिन्न कारणले तीन खेलाडी टिमबाट बाहिरिएका थिए । बाँकी रहेका ३४ खेलाडीले भने टिममा मौका पाएका छन् ।

प्रशिक्षक अलमुताइरी​ले यसपालि राम्रो नतिजाको अपेक्षा गर्नुभन्दा पनि खेलाडीहरूलाई एक्सपोजर दिनमा बढी ध्यान दिएको बताएका छन् । ‘म खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलहरूमा एक्सपोजर होस् भन्ने चाहन्छु। यसले उनीहरूलाई थप अनुभव दिई भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ । म नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु,’ अलमुताइरी​ले भनेका छन् ।

नेपाली फुटबल टोली आउँदो साता इराक जाने – निरेम प्रडक्सन

नेपाल र मोरिसबीचको पहिलो खेल २९ जनवरी र दोस्रो खेल १ फेब्रुअरीमा हुनेछ । एन्फाले मैत्रीपूर्ण खेलका लागि कोरोना खोप लगाएका दर्शकलाई मैदान प्रवेशमा अनुमति दिने भएको छ । जसका लागि एन्फाले सामान्य र भीआइपी प्यारापिटको लागि क्रमशः ५०० र एक हजार रुपैयाँ मूल्य तोकेको छ ।  फरकधार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap