काठमाडौँ- असोज ०६, मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ परेका हुन् ।
साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जीका आधारमा प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ । गोरखापत्रबाट