मानिसलाई किन मनपर्छ रक्सी ?वैज्ञानिकले अनुसन्धान गर्ने मातेका’ बाँदरलाई हेरेर


लेखक : सुन्दराञ्चल      चैत्र २३, २०७८ मा प्रकाशित     
मानिसलाई किन मनपर्छ रक्सी ?वैज्ञानिकले अनुसन्धान गर्ने मातेका’ बाँदरलाई हेरेर

काठमाडौं चैत २३   पनामामा बाँदरको एउटा प्रजाति छ जसलाई ब्ल्याक ह्यान्डेड स्पाइडर मंकी भनिन्छ । यी बाँदरले यतिधेरै पाम फ्रुट खान्छन् कि यिनीहरुलाई थुप्रै पटक नशामा टल्ली भएर सुतिरहेको भेटिन्छ । किनभने पाम फ्रुटमा इथेनोलको थोरै मात्रा पाइन्छ । तर धेरै फल खाँदा बाँदरलाई नशा चढ्छ ।

नशाले मातेका यी बाँदरलाई देखेर मानिसलाई रक्सी खान यति धेरै किन मनपर्छ भनेर अनुसन्धान गर्न वैज्ञानिकहरुलाई आइडिया आएको छ । बाँदर मात्रै नशामा हुन्छन् भन्ने होइन । अन्य थुप्रै प्रजातिका बाँदर पनि भिन्न प्रकारका फल र पात खाएर नशामा पर्ने गर्छन् । सुतिरहन्छन् ।

मानिसलाई किन मनपर्छ रक्सी ? 'मातेका' बाँदरलाई हेरेर वैज्ञानिकले अनुसन्धान  गर्ने | Ratopati

वैज्ञानिकले दुई भिन्न प्रकारको स्पाइडर मंकीको पिसाबको स्याम्पल परीक्षण गर्दा तिनीहरुको नसामा इथेनोल बगिरहेको प्रमाणित भएको थियो । यसलाई उनीहरुले पचाएका समेत थिए । तिनीहरु यसको उपयोग निद्रा पूरा गर्न र थकाई मेटाउनका लागि गर्ने गर्छन् । यो शोध रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित भएको छ ।

संघीय सरकारलाई धुर्कोट गाउँपालिकाको पत्र : बाँदर कसरी नियन्त्रण गर्ने ?

नर्थरिज स्थित क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राइमेटोलोजिस्ट क्रिस्टिना क्याम्पबेलले भन्छिन्, ‘जंगलमा बस्ने बाँदर कोही मानिसको हस्तक्षेप बिना पनि नशालु फल खाएर मातेर बस्छन् भन्ने कुरालाई हामीले पहिलोपटक प्रमाणित गरेका छौँ । उनीहरु अल्कोहलको मात्रा पाइने फल खान्छन् । यस्ता फल धेरै मात्रामा खाएपछि तिनीहरुलाई नशा चढ्छ र सुतेको सुत्यै हुन्छन् ।’

क्रिस्टिन थप्छन्, ‘यो देखेर यस्तो लाग्छ कि ‘ड्रकन मंकी हाइपोथेसिस’ सही हो । यो हाइपोथेसिसलाई युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेको बायोलोजिस्ट रोबर्ट डडलेले सन् २००० मा दिएका थिए । यसमा बाँदरसँग इथेनोल सुँघ्ने र त्यो चाख्ने उत्कृष्ट क्षमता हुने बताइएको थियो । ’

मानिसलाई किन मनपर्छ रक्सी ? 'मातेका' बाँदरलाई हेरेर वैज्ञानिकले अनुसन्धान  गर्ने | Ratopati

बाँदर यस्ता फलको खोजीमा हुन्छन् जुन पाकिसकेको छ वा पाक्ने क्रममा छ । यो एक प्रकारको इभोल्युसनरी लाभ हो । जुन अन्य कुनै जीवसँग हुँदैन । यसैकारण हामी मानिसलाई पनि इथेनोल अर्थात् अल्कोहल अर्थात् रक्सी मनपर्छ । तर हाम्रो समस्या यो हो कि हामीले पूरा फलको पोषक तत्वतर्फ ध्यान दिएका छैनौँ । हामीले त्यसको स्पिरिट निकाल्न सिकेका छौँ । बाँदरले यस्तो गर्दैनन् । उनीहरु पूरा फललाई त्यसकोृ वास्तविक स्वरुपमा राख्दै खान्छन्, त्यसबाट पाइने नसाको पनि आनन्द उठाउँछन् ।

यसका साथै जंगली चिम्पाञ्जीलाई पनि पामको रुखबाट निस्कने फर्मेन्टेड रस पिइरहेको देख्ने गरिन्छ । जब रुखबाट निस्कने रसको परीक्षण गरियो तब त्यसमा ७ प्रतिशत अल्कोहल पाइयो । अर्थात् इथेनल हो । तर यो स्पष्ट हुन सकेको छैन कि चिम्पाञ्जी इथेनलका कारण पाम फ्रुट खान जान्छन् वा यिनीहरु साँच्चै नसाका लागि त्यसको सेवन गर्छन् ।

क्रिस्टिना र उनको समूहले यो अनुसन्धान पनामामा गरेका छन् । यसमार्फत् बाँदरले खाने अल्कोहलले भरिएको फलको असर के हुन्छ भनेर उनीहरु जान्न चाहन्थे । बाँदर किन यी फल खान्छन् रु सुरुमा स्पाइड मंकीले पाकेको फलबाट आइरहेको इथेनोलको गन्धबाट आफूलाई टाढा राख्यो । तर जब उनीहरुलाई खुल्ला अर्थात् जंगलमा छोडियो तब उनीहरु आफैँ गएर पाम फ्रुट खान थाले ।

स्पाइड मंकी यी फल खाएर नशामा मात्रै हुँदैनन्, उनीहरुले यसमार्फत् आफ्नो पाचन प्रणालीलाई समेत दुरुस्त राखेका छन् । बाँदरलाई नशा गर्ने बानी कसरी पर्यो भन्नेबारे पहिलो पटक अनुसन्धान गरिएको छ । यसैका आधारमा रक्सी प्रति मानिसको रुचीबारे पनि खुलासा हुने आशा राखिएको छ ।

Kantipur-सेटिङ मिलाएर चिम्पान्जी, बाँदर र चरा तस्करी - कान्तिपुर समाचारक्रिस्टिनका अनुसार बाँदर इथेनोलयुक्त फल क्यालोरीका लागि पनि खान्छन् । यिनीहरुले फर्मेन्टेड फलमार्फत् बढी क्यालोरी पाउँछ । धेरै क्यालोरीको अर्थ धेरै शक्ति र धेरै ऊर्जा । जसको उनीहरुलाई सबैभन्दा बढी आवश्यक पर्छ । यस्तै बानी मानिसमा पनि हुनसक्छ । मध्य र दक्षिणी अमेरिकामा पनि यही पाम फ्रुटको उपयोग त्यहाँका आदिवासी र स्थानीय जनताले पनि गर्ने गर्छन् । उनीहरु यसमार्फत् चिचा बनाउँछन् । जुन एक घरेलु रक्सी हो । यो असाध्यै चर्चित पनि छ ।

हामीले जति धेरै फर्मेन्टेड फल खान्छौँ, हामीले त्यति नै धेरै ऊर्जा पाउँछौँ । स्पाइड मंकीको मामिलामा रोकर्ट डडलेले यी बाँदरले खाएर आधा छोडेको फलको परीक्षण गरेका थिए । त्यसमा करिब २ प्रतिशत अल्कोहल पाइएको थियो । तर यसमार्फत् विभिन्न खालका मनोवैज्ञानिक फाइदा पनि पाइन्छन् । यसमार्फत् एन्टी–माइक्रोबियल फाइदा पनि छन् ।

यदि यो कुनै प्रकारको इभोल्युसनरी फाइदा हो भने तपाईं यसलाई करोडौँ वर्षमा बाँदर हुँदै मानिसमा आएको देख्न सक्नुहुन्छ । अर्थात् बाँदरदेखि मानिससम्म सबैलाई रक्सी मनपर्छ । अर्थात् रक्सी मन पर्नु जनावरको डिएनएबाट विकसित हुँदै हाम्रो डिएनएसम्म आइपुगेको हो । स्तनधारीको जेनेटिक डिकोडिङबाट यो पत्ता पनि लागेको छ । मानिस, चिम्पाञ्जी, बोनोबोस र गोरिल्लाको जीनमा थुप्रै म्युटेशन समान छ । यीमध्ये एक जिन यस्तो छ जसले इथेनोल एन्जाइमलाई ४० गुणा बदल्ने गर्छ एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap