मानव ,अधिकारकर्मी विक र महिला नेतृ विसी धनगढीमा सम्मानित ।


लेखक : सुन्दराञ्चल      बैशाख १५, २०८० मा प्रकाशित     
मानव ,अधिकारकर्मी विक र महिला नेतृ विसी धनगढीमा सम्मानित ।

महादेव गिरी संवाददाता,

धनगढी बैशाख १५, पत्रकार विक र जनकलाकार विसीको दम्पती सम्मानित भएका छन् । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिले अन्तरजातीय विवाह गरेका नमुना दम्पतीलाई सम्मान गरिएको छ । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिले अन्तरजातीय विवाह गरेका पत्रकार धनराज विक अविरल ,र जनकलाकार एवम् नेतृ विष्ना विसी सपना, नमुना दम्पतीलाई धनगढीमा सम्मान गरिएको हो ।

नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेल र मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले दोसल्ला र सम्मानपत्रले दम्पतीलाई सम्मान गरेका हो ।

नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश संयोजक बिनिता ओडले अन्तरजातीय विवाह गरि सामाजिक विद्रोह गरेका जोडीको सामाजिक योगदानको मूल्यांकन र कदर गर्दै सम्मानन गरिएको बताईन् । परिवर्तनको सुरुवात आफैबाट गरेर सामाजिक विभेद र उत्पीडनका विरुद्ध आवाज उठाउँदै निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आएका विक र बिसीको जोडी सहित ६ जोडीलाई सम्मान गरिएको नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशले बताए ।No description available.

सशस्त्र द्धन्दको समयदेखि विद्यार्थी जीवनबाटै कला साहित्य,पत्रकारिता र मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका विक रुकुम, रोल्पा, प्यूठान, दाङ, सुर्खेत र कैलाली जिल्लाबाट सम्मानित भई सकेकाछन् । यस्तै २०५८ सालदेखि जनयुद्धमा भूमिगत भएर अहिले सम्म जनताको पक्षमा जनवादी गीत गाउँदै अधिकारको पक्षमा सशक्त आवाज उठाउँदै आएकी बिसीले जातीय विभेदका विरुद्ध अन्तरजातीय विवाह गरेर परिवर्तनको सुरुवात आफैबाट गरि उदाहरणीय काम गरेको जोडीलाई सम्मान गरिएको ओड बताउछिन् ।

No description available.

परिवर्तनका पक्षमा सामाजिक योगदान गरेवापत पत्रकार विक र जनकलाकार बिसीको जोडी समाजबाट सम्मानित हुँदै आएकाछन् । असल जोडीको रुपमा स्थापित अन्तरजातीय विवाह गरेका जोडीको सही मूल्यांकन गरेर मोर्चाले सम्मान गरेकोले यसको समाजमा सकारात्मक प्रभाव परेको लेखक विकले बताए ।

सम्मेलनमा दृष्टि फाउष्डेसन नेपालका कल्पना भट्ट सहित कमला ज्ञावली–हरी श्रीपाली, कस्मिरा शाही–ढक बहादुर विक, गिता सिंह र जानेश सार्की लगायतका जोडी सम्मानित भएका थिए ।No description available.

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap