महामन्त्री गगन थापाले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने


लेखक : सुन्दराञ्चल      माघ २५, २०७८ मा प्रकाशित     
महामन्त्री गगन थापाले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने

काठमाडौं माघ २५ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् । उनले संविधानको मर्म अनुरूप निर्वाचनको मिति घोषणा भएको बताएका हुन् ।

थापाले सरकारको यो निर्णयले स्थानीय तह रिक्त हुन्छ कि, भन्ने आशंका हटेको पनि उल्लेख गरेका छन् । ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्’, उनले ट्विट गर्दै भनेका छन् ।

महामन्त्री थापाले संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नरहेको पनि बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३० वैशाखमा एकैपटक गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ ।  फरकधार
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap