मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू-१६ क्रिकेटमा


लेखक : सुन्दराञ्चल      असार १५, २०८० मा प्रकाशित     
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू-१६ क्रिकेटमा

१५ असार,  एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा अशोक धामीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको छ । ब्याटिङतर्फ ५२ रन बनाएका धामीले बलिङतर्फ ४ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेसँगै नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २२५ रनको फराकिलो अन्तरले हराएको थियो ।बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अल आउट भएको थियो । ९१–७ को कमजोर अवस्थामा पुगेको नेपाललाई फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए । नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भए । नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरेका थिए । कामत १७ बलमा १ चौकासहित १६ रनमा आउट भए ।

नेपालले निरजकुमार यादवलाई ८ रनमै गुमाएको थियो । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए ।

तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए । स्पीनर मोहम्मद मुकरीले दीपु कुमारलाई १५ रनमा क्याच गराए । उनले ४१ बल खेलेका थिए ।

मुकरीको बलमा स्वीप खेल्दा मिस हुँदा सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भएका थिए ।

मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रन बनाउँदै अल आउट भयो । मलेसियालका लागि विकेट किपर मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए ।

शीर्ष क्रमका ब्याटर धेरैबेर क्रिजमा नटिक्दा पाँचौं विकेटका लागि मोहम्मद अक्रम र हैरिलले ३२ रनको ठूलो साझेदारी गरे ।

मलेसियाका लागि कप्तान मोहम्मद अलिफले १५, माहम्मद अक्रमले १२ रन बनाए । ८२–६ को अवस्थामा अक्रम क्याच आउट भएपछि मलेसियाका कुनै पनि ब्याटर टिक्न सकेनन् ।

८५–९ को अवस्थामा रहेको मलेसियाले अन्तिम विकेटमा १४ रन जोडे । मलेसियाका लागि आर्यन अकिल १० रनमा अविजित रहे । मलेसियाले एक्स्ट्रा २० रन पाए पनि जित्न भने सकेन ।

नेपालका लागि बलिङमा अशोक धामीले ७ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ४.५ ओभरमा ३ विकेट, सन्तोष यादवले २ र कात्तिक कमाटले १ विकेट लिए । नेपालले जुन ३ मा समुह बीको उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap