मन्त्री निवास भैंसेपाटीमा सार्न अझै अन्यवल,


लेखक : सुन्दराञ्चल      असार १२, २०७९ मा प्रकाशित     
मन्त्री निवास भैंसेपाटीमा सार्न अझै अन्यवल,

१२ असार, काठमाडौं । सरकारी योजनाअनुसार काम भएको भए गएको १ वैशाखमा संघीय मन्त्रीहरुको निवास काठमाडौंको भैंसेपाटी सरिसक्थ्यो । तर, समयमै काम नहुँदा आयोजनाको निर्माण झण्डै एक वर्ष धकेलिने भएको छ ।

मन्त्री निवासको पहिलो चरणको काम गर्न लागेको ठेक्का सम्झौताअनुसार २७ कात्तिक, २०७८ गते नै यो भवनहरु निर्माण भएर हस्तान्तरण भइसक्नुपर्थ्यो, तर महामारीको कारण देखाएर आयोजनाको म्याद आगामी चैतसम्म थपिएको थियो ।

तर, काम नसकिएपछि मन्त्री निवासका भवनहरुको निर्माण अवधि ६ महिनापछि धकेलिएको छ । निर्माणमा भएको ढिलाइ र निवास क्षेत्रसँगैको सडकबारेको विवादजस्ता कारणले परियोजना समयमै सम्पन्न हुन नसकेको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलिप श्रेष्ठका अनुसार अबएको १४ महिनापछि मात्रै मन्त्री निवास मन्त्रीहरु बस्नयोग्य बन्नेछ ।

‘पहिलो फेजको काम गर्न थप ६ महिना समय दिएका छौं,’ उनले भने,’दोस्रो चरणको कामका लागि भएको ठेक्काअनुसार १ वर्ष २ महिनाको समय बाँकी छ ।’

आयोजना स्रोतका अनुसार पछिल्लो समयमा भएको मूल्यवृद्धिको कारण देखाएर ठेकदारले काम गर्न आनकानी गर्दै आएको छ । जसले गर्दा आयोजनाको निर्माण अवधि र लागत दुबै बढ्ने अवस्था आएको हो ।

मन्त्री निवासको पश्चिमतर्फका स्थानीयले सडकको मुद्दा उठाएपछि कम्पाउण्ड पर्खाल बनाउने काम पनि रोकिएको छ । पश्चिमतर्फका स्थानीयवासीले लामो समयदेखि मन्त्री निवासको पर्खाल लगाउँदा ११ मिटरको सडक छोड्नुपर्ने माग गर्दै आएका छन् । तर, आयोजनाले भने ८ मिटर मात्रै छोड्न सकिने अडान राख्दै आएको छ ।

स्थानीयको मागअनुसार पर्खाल लगाउँदा मन्त्री निवासको गुरुयोजना नै प्रभावित हुने अवस्था रहेको आयोजनाका अधिकारीहरु बताउँछन् । स्थानीयलाई ११ मिटरको सडक चाहिने भए ‘सेन्टर लाइन’ राखेर त्यसबाट दुवैतर्फ आयोजना र स्थानीयले जग्गा दिने सहमति गर्न सरकारले आग्रह गरेको छ । तर, त्यसमा पनि स्थानीयले चित्त नबुझाएपछि मन्त्री निवासलाई पक्की पर्खालले घेर्ने काम अलपत्र परेको छ ।

सडकबारे सहमति नभएपछि मन्त्री निवासबाट निस्कने आकाशे पानी ढलको व्यवस्थापनबारे पनि अन्योल भएको छ । कम्पाउन्ड बाहरिको सडकमुनिबाटै ढलको व्यवस्थापन गर्नुपर्ने भएकाले सामाजिक रुपमा उत्पन्न यस्तो मतभेदले समस्या परेको छ । पर्खाल नलगाई भित्रका सर्भिस सडकहरु बनाउन पनि नसकिने अवस्था छ ।

पहिलो चरणको काम नसकिएपछि दोस्रो चरणमा काम गर्न लागेको ठेक्का पनि प्रभावित छ । मन्त्री निवासभित्र सुरक्षाकर्मी बस्ने भवन, स्विमिङ पुल, सामुदायिक भवन, बगैंचा लगायतका पूर्वाधार बनाउन अर्को ३४ करोड ठेक्का लागेको छ । भवनभित्र इन्टेरियरको काम गर्न अर्को ११ करोडको ठेक्का पनि लागेको छ ।

२४ मन्त्रीका लागि छुट्टाछुट्टै भवन बनाइएको छ भने सो स्थानमा राष्ट्रिय सभाका अध्यक्षका लागि पनि विशेष भवन तयार गरिएको छ । त्यसबाहेक अरु दुई भवन प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षका लागि तयार गरिएको छ ।

मन्त्री बस्ने भवनहरुमा भुइँ तल्लामा लबी, लिभिङ रुम, बैठक कक्ष, गोप्य बैठक कक्ष, कार्यालय हुने छन् । माथिल्लो तल्लामा भान्सा र डाइनिङसहित मास्टर बेड रुम र बेड रुम हुनेछन् । त्यसभन्दा माथिको तलामा योगा कक्षसहित बेड रुम पनि राखिएका छन् ।

आयोजना प्रमुख श्रेष्ठ भवनहरुको इन्टेरियर वास्तुलाई ध्यानमा राखेर तयार गरिएको बताउँछन् । प्रत्येक मन्त्री निवासमा गार्डका लागि छुट्टै कक्ष छ भने निवास क्षेत्र छिर्नुअघि विमानस्थलमा जस्तै एक्सरे परीक्षण गर्ने गरी सुरक्षा व्यवस्था मिलाउने तयारी छ ।

मन्त्री निवासको गुरुयोजना अनुरुपको डिजाइन समेत नसकी १३ असोज २०७६मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा हतार-हतार शिलान्यास गरेका थिए । दोस्रो चरणको ठेक्का गर्न भएको ढिलाइ, सुस्त निर्माण र स्थानीय क्षेत्रमा उत्पन्न विवादले मन्त्री निवास कहिलेबाट बस्न योग्य बन्छ भन्ने अझै यकिन छैन । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap