मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार नाघ्यो


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०७९ मा प्रकाशित     
मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार नाघ्यो

निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ। आज मध्याह्न साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६ जना रहेको छ।

७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको आयोगले जनाएको छ।

यस्तै प्रदेशहरुमा मधेस प्रदेशमा ३७ हजार ३७७ जनाले मनोनयन दर्ता गराएका छन् भने त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९२६ जना, लुम्बिनी प्रदेशमा २२ हजार ७६६ जना र प्रदेश १ मा २२ हजार ४७० जनाले मनोनयन दर्ता गराएका छन्। यस्तै कर्णाली प्रदेशमा १३ हजार १२६ जना, गण्डकी प्रदेशमा १२ हजार ५४७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार २०४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ।

गत आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारी दर्ताको विवरण अझै आइरहेकोले यो संख्या बढ्न सक्ने आयोगले जनाएको छ।

आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका रहेको छ। वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap