मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा,


लेखक : सुन्दराञ्चल      चैत्र १४, २०७९ मा प्रकाशित     
मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा,

१४ चैत,  । मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा पुगेको छ । यो जितसँगै कोशीले विभागीय टोली एपीएफसँग फाइनल भेट पक्का गरेको हो ।

रुविना क्षेत्रीको अलराउन्डर प्रदर्शनमा कोशीले मधेशलाई फराकिलो अन्तरले पराजित ग¥यो । कोशीका लागि रुविनाले ब्याटिङबाट ३८ बलमा ६ चौका सहित ३९ रन बनाइन् भने बलिङमा २ विकेट लिइन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि काजोल श्रेष्ठले २२ रन बनाइन् । कोशीले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो ।

तेस्रो क्रममा आएकी अप्सरी बेगमले १९ रन, स्मृति कटुवालले १० रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशका लागि सरस्वती चौधरी, अमिरन निशा र अमिशा पटेलले समान २–२ विकेट लिए ।

कोशीले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको मधेश ब्याटिङमा निकै कमजोर देखियो । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रनमात्र बनाउन सक्यो ।

मधेशका लागि सरस्वती चौधरीले मात्र दोहोरो अंकमा रन बनाइन् । उनले १७ बल खेल्दै १ चौका प्रहार गरिन् । साना प्रविनले ८ रन, सन्तोषी चौधरीले ५ रन बनाइन् ।

अमिरान निशा र चाँदनी खातुन क्रमशः ८ र ४ रनमा अविजित रहे । कोशीका लागि कप्तान रुविना क्षेत्रीसँगै अलिसा खडिया र निशा शाहले समान २–२ विकेट लिए । सबनम राईले १ विकेट लिइन् ।

यसअघि आज मंगलबार नै भएको पहिलो खेलमा ललितपुर मेयर ११ लाई ३७ रनले पराजित गर्दै एपीएफ समूह विजेता बनेर फाइनलमा पुगेको थियो ।

४ खेलमा चार जित सहित ८ अंकका साथ एपीएफ शीर्षमा रह्यो भने कोशी प्रदेश ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका दोस्रो हुँदै फाइनलमा पुगेको हो । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap