भ्रष्टाचार झन् बढ्योः प्रदेश प्रमुख जोशी


लेखक : सुन्दराञ्चल      माघ २८, २०८० मा प्रकाशित     
भ्रष्टाचार झन् बढ्योः प्रदेश प्रमुख जोशी

माघ २८, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्य लिँदा पनि झन बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । महेन्द्रनगरमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका आयोजित कार्यक्रममा उनले मुलुकभित्र ठूलो जिम्मेवारीमा रहेकाहरुले जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताए ।

“वर्तमान अवस्था ठिक भए पनि भविष्यका लागि सुनिश्चित गरौँ भन्ने मनोविज्ञानले भ्रष्टाचार बढाउँछ ।” प्रदेश प्रमुख जोशीले भने “यस्ता क्रियाकलापले झन् सम्बन्धित व्यक्तिको भविष्य बिग्रिने निश्चित छ । मानिसको सोच, संस्कार, व्यवहारसित नै भ्रष्टाचार निहित हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेर प्रदेश सरकार अघि बढेको बताए । “भ्रष्टाचार र शुसासनका निम्ती कसैसित कुनैखाले सम्झौता हुँदैन, ” उनले भने “त्यसका लागि प्रदेश सरकार तपाईहरुसितै छ ।” उनले मुलुकको शुसासन र भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनुपर्ने बताए ।

“भ्रष्टचार र शुसासनका सन्र्दभमा विभिन्न कोणबाट कुरा उठिरहेका छन् ।” मुख्यमन्त्री शाहले भने, “मुलुकको सम्मृद्धि र विकासमा समेत भ्रष्टाचार ठूलो बाधकका रुपमा छ ।”

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap