भ्यालेन्टाइन डेका दिन धनगढीमा चर्चित गायक काफ्लेको प्रस्तुती


लेखक : सुन्दराञ्चल      फाल्गुन २, २०८० मा प्रकाशित     
भ्यालेन्टाइन डेका दिन धनगढीमा चर्चित गायक काफ्लेको प्रस्तुती

धनगढी, २ फागुन , यही भ्यालेन्टाइन डे अर्थात फागुन २ गते धनगढीमा चर्चित युवा पुस्ता माझँ लोकप्रिय गायक महेश काफ्लेको प्रस्तुती हुने भएको छ । रकस्टार मिडिया र होटेल डिभोटीले संयुक्त रुपमा आयोजना गर्न लागेको मेरो भ्यालेन्टाइन सिजन ४ का लागि महेश यही मंगलबार धनगढी आउन लागेका हुन् । धनगढी हसनपुरस्थित होटल डिभोटीमा साँझ ६ बजेपछि उनको विशेष प्रस्तुती रहनेछ ।
महेशका ‘मायाँ बिरानी’, ‘नाच फिरिरी’, ‘लज्जावती झार’, ‘तातो गोली’ बोलका गीत पछिल्लो समय निकै चर्चित छन् । लामो समय युटुयुबको ट्रेडिङमा रहेको मायाँ बिरानीलाई ९ करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ ।

यस्तै नाच फिरीरीलाई ८५ मलियन, तातो गोलीलाई ७० मिलियन र लज्जावती झारलाई ३३ मिलियन पटक हेरिएका छन् । यी गीतहरुको लोकप्रियतासँगै देशविदेशका सांगितीक कार्यक्रममा निकै ब्यस्त गायक काफ्लेले एक भिडियो जारी गर्दै सम्पूर्ण धनगढीबासीलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

‘नमस्ते धनगढी, भ्यालेन्टाइन डे अर्थात यही फागुन २ गते होटल डिभोटीमा हुने मेरो भ्यालेन्टाइन सिजन फोरमा मेरो विशेष प्रस्तुती हुनेछ,’ काफ्लेले भिडियो सन्देशमा भनेका छन्, ‘यहाँहरु सम्पूर्णलाई कार्यक्रममा विशेष निम्तो छ । सँगै नाच्नु, झुम्नुपर्छ ।’
उक्त सांगीतिक कार्यक्रममा काफ्लेसँगै स्थानीय कलाकारहरु धिरविक्रम सिंह, प्रदीप सुनार, डिजे रक इट, अनिल सुनार, आयुष टिकाथरीको पनि विशेष प्रस्तुती रहनेछ ।
कार्यक्रमलाई यस क्षेत्रका चर्चित कार्यक्रम सञ्चालक रोहित गिरीले सञ्चालन गर्नेछन् ।

कार्यक्रममा आफ्ना प्रेमिल मनहरुसँग आई पूर्ण पारिवारिक वातावरणमा रमाउँन सकिने कार्यक्रम आयोजक रकस्टार मिडियाका प्रबन्धक जितेन्द्र रावलले बताए ।

यसअघिका ३ सिजनमा धनगढीबासीबाट पाएको अपार मायाँ र सद्भावले अझै राम्रो कार्यक्रम गर्ने उत्साह थपेको बताउँदै उनले यसपटक स्मरणीय कार्यक्रम आयोजनामा आफूको टिम केन्द्रीत रहेको बताए ।

कार्यक्रममा उपस्थित दर्शकहरुका लागि आयोजकले विशेष गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेको छ । सांगितीक कार्यक्रमसँगसँगै मिठामिठा परिकारहरु तथा आफ्ना प्रियजनहरुसँग फोटोसेशन गर्ने व्यवस्था मिलाईएको रावलले बताए ।

कार्यक्रमको टिकट बुकिङ तथा खरिदका लागि जितेन्द्र रावल,९८४८४६९९६७०, मनोज जेठारा ९९७४६३२३२३२०मा सम्पर्क गर्न सकिने उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap