महादेव गिरी संवाददाता
धनगढी पुष ७, सुदूपश्चिमको मौलिक पर्व भुर्वा धनगढीको खुला मञ्चमा मनाइने भएको छ । आज बिहान धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढीको खुलामञ्चमा पुष ८,गते देखी १० गतेसम्म भुवा पर्व मनाउने बाजुरेली सेवा समाजका अध्यक्ष चेतन बहादुर थापाले सुन्दराञ्चललाइ बताए । यो भुवा पर्व धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक एकताको रुपमा सुदूपश्चिमका पहाडी जिल्लाहरुमा परापुर्व कालदेखी मनाईदै आएका छन् ।
भुवा पर्व परापूर्व कालदेखि सुदूरपश्चिमका पहाडी जिल्ला, बाजुरा, बझाङ, अछाम,बैतडी, डोटी, कैलाली र कञ्चनपुर लगाएतका जिल्लामा मनाइन्छ। बाजुरेली सेवा समाजको आयोजनामा पुस ८ ,गते देखी १०,सम्म भुवा पर्व मनाइने बाजुरेली समाजले बताए । भुवापर्व मनाउनुको मुख्य उद्धश्य पान्डवले कौरब माथि बिजय प्राप्त गरेपछि सत्यले असत्य माथि बिजय प्राप्त गरेकाले यो पर्व विजय उत्सवको रुपमा यो भुवापर्वको थालनी भएको मान्न सकिन्छ ।
जस अनुसार युद्धको अन्तेमा युधिष्ठिरको आज्ञाले कुरुक्षेत्रको भुमिमा एउटा पनि शव नरहने गरि जलाईएको थियो षौषको कृष्ण पक्षको चतुर्दशीका दिन भुवा पर्वसुरुवात पनि मुढाँ जलाएर भुवाचालिनाच ,लाखेनाच, हरिनुनाच, लगाएका महाभारतको युद्धसंग झल्किने नाचहू देखाईने गरिन्छ ।
यो प्रर्व सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने गरिन्छ । बाजुरेली सेवा समाजले धनगढीको खुल्ला मञ्चमा आयोजना गर्न लागेको भुवा पर्वमा भोली बिहान ८ बजे मुढा जलाएर सुरुवात गरिनेछ । भने
११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले बताए । बाजुरा पुर्खौली घर भएकाहरूले धनगढीमा भुवा पर्वको आयोजना गर्न लागेको र त्यसलाई मध्यनजर गर्दै मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्य रहेको बाजुरा सेवा समाजका अध्यक्ष थापाले बताए ।