भारी बोकेर परिवारको खर्च जोहो ..?


लेखक : सुन्दराञ्चल      फाल्गुन ६, २०७८ मा प्रकाशित     
भारी बोकेर परिवारको खर्च जोहो  ..?

दार्चुला फागुन ६ – अपिहिमाल गाउँपालिका ५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्छिन्। पालिका केन्द्रसम्म सडक नपुगेकै कारण उनले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गरेकी हुन्। गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ।

भवन निर्माणका लागि चाहिने सरिया बोकेर उनी दिनहुँ यहाँ पुग्ने गर्छिन। त्यसबाहेक उनले स्थानीयदेखि व्यापारिक सामान बोकेर दिनहुँ गाउँपालिकाका खण्डेश्वरी, घुसालगायतका क्षेत्रमा पुग्ने गरेको बताइन्।श्रीमान् धीरेन्द्रसिंह धामी पनि उनीसँगै भारी बोक्ने काम गर्छन्। “श्रीमान्–श्रीमती दुवै मिलेर भारी बोकेर परिवारको खर्च जोहो गर्ने गरेका छौँ, रोजगारीको अर्को विकल्प नभएपछि अप्ठ्यारो भारी बोक्नुपरेको छ”, उनी भन्छिन्। स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले नजोडिएको यो गाउँपालिका हो। विटुले–पारिबगर हुँदै खण्डेश्वरी जोड्ने गरी निर्माण भइरहेको यो सडक अहिले गाउँपालिकाको वडा नं ५ मकरीगाड पुगेको छ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नपुग्दा अहिले यस क्षेत्रमा महिला भरिया धेरै भेटिने गर्छन्। पुरुष अधिकांश बाहिर गएर पनि काम गर्छन्। गाउँपालिकामा हुने विकास निर्माणदेखि अन्य सामान ढुवानीमा महिला बढी सक्रिय छन्। अप्ठ्यारो भारीको मकरीगाडबाट प्रतिकिलो रु ३० सम्म भाडा लिने गर्छन्। माथिल्लो क्षेत्रका बासिन्दाले भारी बोक्दैनन्। जोखिमपूर्ण काममा अधिकांश वडा नं ५ र बाहिरका भरिया प्रयोग हुने गरेका छन्।

“भारी बोकेन भने घर खर्चदेखि छोराछोरीको पढाइलगायतको खर्च केबाट व्यहोर्नु रु”, धामीले भनिन्, “दैनिक रु दुई÷तीन हजार भारीबाट कमाइ हुन्छ।” सिमेन्ट, खाद्यान्नलगायतका सामान अपिहिमालमा खच्चडमार्फत ढुवानी हुने गरेको छ। स्थानीय रेनुका धामीले दैनिक प्रतिकिलो ३० देखि ५० किलोसम्मको भारी तीन घण्टा उकालो चढेर पु¥याउने गरेको बताइन्। “कहिलेकाहीँ दुधे बालकलाई छाडेरसमेत भारी बोक्नुपर्ने बाध्यता छ, तीन÷चार घण्टामा फर्किहाल्छौँ”, उनले भनिन्, “भारी नबोके परिवार चलाउन सकिँदैन, खेतबारीकै उत्पादनले पुग्दैन, खाद्यान्नको जोहो गर्न भए पनि भारी बोक्नैपर्छ।” रासस 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap