भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कति धनी छन् त…..?


लेखक : सुन्दराञ्चल      जेष्ठ २, २०८१ मा प्रकाशित     
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कति धनी छन् त…..?

२ जेठ, काठमाडौं  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । चुनावको क्रममा उनले बुझाएको सम्पत्ति विवरणमा उनीसँग तीन करोड भारतीय रुपैयाँभन्दा बढी रकम छ । अधिकांश रकम बैंकमा फिक्स्ड डिपोजिट छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १४ मे (मंगलबार) आफ्नो चुनाव क्षेत्र वाराणसीबाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने क्रममा बुझाएको विवरणमा मोदीसँग ३ करोड दुई लाख ६ हजार ८८९ रुपैयाँको चल सम्पत्ति रहेको बीबीसी हिन्दीले जनाएको छ ।

त्यसमध्ये करिब २ करोड ८५ लाख रुपैयाँ भारतीय स्टेट बैंकमा फिक्स्ड डिपोजिट छ । उनीसँग ५२ हजार ९२० रुपैयाँ क्यास पनि छ ।

यसैगरी उनीसँग सुनको चारवटा औंठी पनि छन् । ती औंठीको मूल्य २ लाख ६७ हजार रुपैयाँ छ ।

गत आर्थिक वर्षमा उनले ३ करोड ३३ लाख रुपैयाँ रकम भएको विवरण सार्वजनिक गरेका थिए ।

मोदीसँग ‍घर न कार

चुनावमा उम्मेदवारी दर्ता गर्दा बुझाएको सम्पत्ति विवरणमा मोदीले अचल सम्पत्तिबारे भने केही पनि उल्लेख गरेका छैनन् । अचल सम्पत्तिमा सामान्यतया घर जग्गाको विवरण उल्लेख गरिन्छ । तर मोदीले त्यो कोलममा केही पनि उल्लेख नगरेको बीबीसी हिन्दीले जनाएको छ ।

मोदी १३ वर्षसम्म गुजरातको मुख्यमन्त्री थिए भने १० वर्षदेखि भारतको प्रधानमन्त्री छन् । तर उनले आफूसँग निजी कार पनि नभएको सम्पत्ति विवरण बुझाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उनले आफ्नो पत्नीको नाम जशोदाबेन उल्लेख गरेका छन् । पत्नी जशोदाबेनसँग कति सम्पत्ति छ भन्ने पनि उक्त विवरणमा उल्लेख छैन ।

सन् २०१९ को लोकसभा चुनावको बेला मोदीले गुजरातको गान्धीनगरमा एउटा घडेरी र २ करोड ५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका थिए । त्यसमध्ये १ करोड २७ लाख रुपैयाँ फिक्स्ड डिपोजिट थियो ।

सन् २०१४ को लोक सभा चुनावको बेला मोदीले १ करोड ६५ लाख रुपैयाँ बराबरको सम्पत्ति विवरण बुझाएका थिए ।

मोदीले आफू भारतको अहमदाबाद निवासी भएको उल्लेख गरेका छन् । उनले दिल्ली विश्वविद्यालयबाट सन् १९७८ मा बीए पास गरेको र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए पास गरेको उल्लेख गरेका छन् । बीबीसी हिन्दी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap