भारतले धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली किनारमा सर्तक रहन आग्रह


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
भारतले धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली किनारमा सर्तक रहन आग्रह

धनगढी, ९ भाद्र । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत परियोजना सफाइका लागि बिहीबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा बिहान ७ देखि बेलुका ७ बजेसम्म माटो, वालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ । सो समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन प्रजिअ जोशीले अपिल गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap