काठमाडौं माघ २ यो वर्षको ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको लागि पनि लाखौं रुपैयाँको गुलाब आयात भएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएशनअनुसार आज मनाइन लागिएको प्रणय दिवसका लागि भारतबाट १ करोड रुपैयाँको गुलाब आयात भएको हो ।
यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए । उनअनुसार कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको हो ।
कोरोना महामारीअघि मागको २५ प्रतिशत रातो गुलाफ नेपालको उत्पादनले धान्दै आएको थियो ।