भारतको बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      साउन ९, २०७९ मा प्रकाशित     
भारतको बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौं समउन ९, । भारतको बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो ।

सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् ।

उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap