भर्चुअल माध्यमबाट बस्ने केन्द्रीय कार्यसमिति बैठक भोलि


लेखक : सुन्दराञ्चल      माघ १३, २०७८ मा प्रकाशित     
भर्चुअल माध्यमबाट बस्ने केन्द्रीय कार्यसमिति बैठक भोलि

काठमाडौं, माघ १३। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

‘केन्द्रीय कार्यसमितिको आकार ठूलो भएकाले भर्चुअल बैठक बस्छ,’ महामन्त्री थापाले भने, ‘शुक्रबार ११ बजे बैठक बस्छ ।’कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको बताए ।

विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढि मत पाउने स्वतह केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डा। शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् । ३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधा छ । जसअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap