बैधनाथ बुढीगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो अधिबेशन तथा चौथो वार्षिक साधारणसभा सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस २१, २०८० मा प्रकाशित     
बैधनाथ बुढीगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो अधिबेशन तथा चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७६ सालमा स्थापना भएको बैधनाथ बुढीगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो अधिबेशन तथा चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नयाँ लेखा तथा सञ्चालक समिति समेत चयन गरेको छ । सस्थाका अध्यक्ष गंग बहादुर शाहको अध्यक्षतामा कर्यक्रम सञ्चालन गरिएको थियो । संस्थाको हाल सम्म ६ सय ४२ जना सेयर सदस्य रहेका छन् भने ेसंस्थाको कुल जम्मा चुक्ता शेयर पुँजी ५४ लाख ९१ हजार रहेको छ । सधारण सभामा संस्थाको प्रगति ,आय व्यय प्रस्तुत गरिएको थियो ।

यस्तै दास्रो कार्यकालका लागि नयाँ सञ्चालक समितिमा अध्यक्षमा रविन्द्र शाह ,उपाध्यक्ष प्रताप सिङ बुढा ,सचिव डवल बहादुर बोहरा सयन भएका छन् । कोषाध्यक्षमा जानकी रावल र सदस्यमा तीर्थ राज जोशी ,रमेश एडी , रविन्द्र श्वाँर ,प्रताप जंग कुँवर ,हिक्मत बहादुर सुनार, भरत बहादुर कुमाल ,विन्दु सुनार ,मुगा स्वार चएन भएकाहुन् । यस्तै लेखा समितिमा संयोजक हरि बहादुर खत्री ,सुरेन्द्र जोशी र यज्ञश्वरी पण्डित सदस्यमा चयन भएका हुन् । बन्द सत्र कार्यक्रमको सञ्चालन पदम राज जोशीले गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap