बैतडीमा जेठानीले काठको चिर्पट प्रहार गर्दा देवरानीको मृत्यु


लेखक : सुन्दराञ्चल      कार्तिक २७, २०८१ मा प्रकाशित     
 बैतडीमा जेठानीले काठको चिर्पट प्रहार गर्दा देवरानीको मृत्यु

बैतडी,कात्तिक २७। बैतडीमा जेठानीले काठको चिर्पट प्रहार गर्दा देवरानीको मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० वर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

सोमवार राति ८ बजेको समयमा जेठानी दिपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको प्रहरी निरीक्षक पाण्डेयले बताए। घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। चिर्पटले हानेर देवरानीको हत्या गर्ने दिपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए। घटनाका बिषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap