बैंद्यनाथ बुढीगंगा बहुउद्देश्यीय सहकारी संथा लिमिटेडको तेस्रो वार्षिक साधारण साभा सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन ९, २०७९ मा प्रकाशित     
बैंद्यनाथ बुढीगंगा  बहुउद्देश्यीय  सहकारी संथा लिमिटेडको तेस्रो वार्षिक साधारण साभा सम्पन्न

बैंद्यनाथ बुढीगंगा  बहुउद्देश्यीय सहकारी संथा लिमिटेडको तेस्रो वार्षिक साधारण साभा एक कार्यक्रमका विच सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष गंग बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा प्रमुख आतिथी रहेका थिए । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष जानकी रावलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । स्थापना छोटो समयमा सहकारी संस्थाले राम्रो प्रगाति गर्न सफल भएको र सेयर सदस्यहरु बढ्दै गएकाछन् । माघ मसान्त सम्म संस्थाले करीव १ करोड २९ लाख को कारोबार गरेको छ ।कार्यक्रममा उपस्थीत अतिथीर्लाई स्वागत संस्थाका सञ्चालक समिति सदस्य महेन्द्र जोशीले गरेका थिए भने सञ्चालन सचिव डबल बहादुर बोहराले गरेका थिए । सहकारीले स्थापनाको छोटो समयमै सोचेभन्दा राम्रो पगती गर्न सफल भएको संस्थाका व्यवस्थापक पदमराज जोशीले बताए । कार्यक्रममा अछाम सेवा समितिका पदाधीकारी लगायत सञ्चालक समिति ,सेयर सदस्यहरुको उपस्थीति रहेको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap