बीबीसी मास्टर सेफ सन्तोष साहसहितको टोली नेपालमा


लेखक : सुन्दराञ्चल      चैत्र २५, २०७८ मा प्रकाशित     
बीबीसी मास्टर सेफ सन्तोष साहसहितको टोली नेपालमा

२४ चैत, काठमाडौं । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिन नेपाल आएका हुन् ।

साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाटा र नेपाल पर्यटन बोर्डका अधिकारीहरुले स्वागत गरेका छन् ।

यसअघि बीबीसी मास्टरसेफ २०२० मा उपविजेता बनेका साहसहितको टोली बिहीबार दिउँसो २ बजे काठमाडौं अवतरण गरेको हो । पाटाको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा साहसहितको टोलीलाई नेपाल बोलाइएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । दुई साता नेपाल रहँदा आफूहरुले नेपालका विभिन्न पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम रहेको साहले अनलाइनखबरलाई जानकारी दिए ।

सेफको टोली चैत २७ गते जनकपुरधाममा हुन लागेको ‘मिथिला कुजिन एण्ड रेसिपिज’ अन्तर्गत हुने पाककला प्रतियोगिताको निर्णायक बस्ने कार्यतालिका छ । उनीहरु शुक्रबार काठमाडौंबाट पोखरा जानेछन् भने १८ अप्रिलमा बेलायत फर्किने कार्यतालिका छ । उनले मास्टरसेफ द प्रोफेसनल्स रिम्याच २०२१ का अन्य प्रतिस्पर्धीलाई नेपालका विभिन्न क्षेत्रमा पाइने रैथाने खानाको स्वाद दिलाउन नेपाल ल्याउन लागिएको बताए ।

नेपालमा रहँदा उनीसहितको टोलीले बन्जी जम्प, प्याराग्लाइडिङ, स्थानीय थारु भान्सेसँग भेट्ने, डल्ला होमस्टे जस्ता काकार्यक्रम तालिका राखेका छन् । सेफहरुले डल्ला होमस्टेमा थारु कुकहरुसँग मिलेर थारु खाना पनि बनाउने कार्यक्रम छ । अनलाइनखबर 
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap