बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी महिलाको मृत्यु


लेखक : सुन्दराञ्चल      चैत्र २२, २०८० मा प्रकाशित     
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी महिलाको मृत्यु

चैत्र २२,: सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी एक जनाको ज्यान गएको छ । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्षीया सीता डंगौराको ज्यान गएको हो ।

मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डंगौराको खुट्टामा नङले कोपरेको थियो । केही भइहाल्छ कि भनेर उनी रेबिज विरुद्धको सुई लगाइन् । गत आइतबार (१८ गते) रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन पनि उनी आफै अस्पताल पुगेकी थिइन् । डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको मनीषा बताईन ।
अस्पतालले आज बिहिबार उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् । मनीषाले भनिन्, ‘आफै हिँडेर सुई लगाउन आएको मान्छेको ज्यान जानु भनेको अचम्मको कुरा छ । ठुलो घाउ वा चोट पनि थिएन । दिदीले हामीलाई पटक पटक केही कुरा बताउन खोज्दा पनि नर्सहरूले हामीलाई बताउन समेत दिएनन् । यो सरासर अस्पतालको लापरबाही हो । हामी शव बुझ्न सक्दैनौ ।’
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ । तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap