(बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच,बैंककमा छलफल


लेखक : सुन्दराञ्चल      साउन १, २०८० मा प्रकाशित     
(बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच,बैंककमा छलफल

सोमबार, ०१ साउन  ,बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा सोमबार बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको हो । छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, तथा प्रविधिसहितका क्षेत्रहरूमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौँ,’ उनले भने, ‘ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए।’

बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका थिए । उनी दिउँसो साढे एक बजे थाई स्माइल एयरवेजको जहाजबाट बैंकक पुगेका थिए । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।

बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच साइडलाइन वार्ता हुने कार्यक्रम पनि रहेको छ।

जयशंकरसँग उनको दोस्रोपटक साइडलाइन वार्ता हुन लागेको हो । यसअघि बंगलादेशमा इन्डिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा उनीहरूबीच पहिलो अनौपचारिक भेट भएको थियो । परराष्ट्रमन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap