बानेश्वरस्थित संसद् भवन अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला


लेखक : सुन्दराञ्चल      फाल्गुन १६, २०७८ मा प्रकाशित     
बानेश्वरस्थित संसद् भवन अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला

काठमाडौं १६ फागुन, नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रेस कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु भेटिएपछि अहिले सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।

कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रको सडक पनि अवरुद्ध भएको छ । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ ।

आज एमसिसी अनुमोदनको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् । आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादीलगायतले बन्दको आह्वान गरेका हुन् ।

संसद् भवन अगाडि फेला परेको शंकास्पद वस्तु पनि बन्दकर्ताहरूले राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap