बाजुरामा हावाहुरीका कारण ४० परिवारका घरमा क्षति


लेखक : सुन्दराञ्चल      बैशाख १५, २०८१ मा प्रकाशित     
बाजुरामा हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा- आज आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका-६ सालिकोटका बाढी पहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता दिउँसो साढ एक बजे आसपासमा आएको हावाहुरीले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए ।

AD
सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हावाहुरीले उडाएपछि बस्न योग्न नभएको वडा सदस्य चदाराले बताए । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताए ।

घर निर्माण भएको एक महिना बित्न नपाउँदै हावाहुरीले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिए । आधाघण्टा बढी समय चलेको हावाहुरीले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ । रासस

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap