बाजुरामा युवाहरु मुग्लानी भएछि गाँउघर सुनसान


लेखक : सुन्दराञ्चल      माघ १४, २०८० मा प्रकाशित     
बाजुरामा युवाहरु मुग्लानी भएछि गाँउघर सुनसान

महादेव गिरी संवाददाता
धनगढी माघ १४, सुदूरपश्चिम प्रदेशको बिकट जिल्ला बाजुरा जिल्ला यस्तो जिल्ला हो जहा बषौं देखी कृषिमा पसिना बगाए पनि ३ महिना देखी ६ महिना सम्म खान पुग्दैन त्यसैले होला आज हजारऔं युवाहरु गाउँ छोडेर बेरोजगारीका कारण खान लगाउन नपुरे होला बेरोजगारीको संख्यामा दिन प्रतिदिन बृद्धि भएसगै गुजारा गर्न बालबच्चालाई पढाउन र दैनिक आप्mनो घरखर्च जोहो गर्नका लागि बाजुराका युवाहरु अहिले भारततिर लागेका छन् भारतको राजिस्तान,बेग्लोर, पञ्जाब,नैनीताल भारतको कुनाकुना सम्म रोजगारीको लागि गएपछि अहिले बाजुराका गाँउ बस्तीमा सुनसान देखिएको छ ।

बाजुराका गाँउ बस्तीमा अहिले बालबच्चा ,बुढाबुढी, महिला, बिरामी भएका मानिस बाहेक गाँउ घर बस्तीमा भेटिन्छन् । भारत जानुकोे मुलजरो भनेको गरिबीले गर्दा भएको स्थानि ८० बर्षीया कुल देब थापाले बताए । उनका अनुसार हामीले त जसो तसो जोगो गरेर खायौ तर अब पछाडीका आउने पिडीलाई गाग्रो भएको उनको भनाई छ । खेतीपातीले ३ महिना देखी ६ महिनासम्म मुस्किलले गुजारा गर्न सकिने र बाँकी महिना ज्याला मजदुरी गरेर घर खर्च धान्नुपर्ने बाध्यता छ ।

बिगतका वर्षमा जिल्लामा कुनै किसिमका गौरबका आयोजना भईरहेका छैनन् । वषौदेखी लागु भएका कार्यक्रमको पनि समय अवघि सकिँदा र अन्य कुनै किसिमका उद्ययोग रोजगारीका अवसरु नहुदा बाध्यताले भारतको कुनाकुना सम्म जान बाध्यता भएको भएको स्थानिए बताउन्छन् । घरमा बुढीआमालाई छोडेर भारत आए गाँउमा बुढीआमालाई रेखदेख गर्ने मान्छे छैन । हामीसबैको बाध्यता भएकाले बुढीआमाको बुढेसकालमा स्याहार सुसार, हेर्रचाहा गर्ने ठाँउमा छोडेर आउने बाध्यता गरिबीले गर्दा भएको हो । आर्थिक अबस्था कम्जोर भएपछि बालबच्चा पढाउनकै लागि भए पनि गाँउका मानिसहरु रोजगारीको लागि भारतको कुनाकुना सम्म जानु प्रर्ने बाध्यता भएको बिर्क नेपाली बताउनछन् । गाँउमा हजारौ युवाहरु रोजगारीको लागि भारत गएका छन् । पढेर लेखेर रोजगारी नपाएपछी सयौ युवाहरु भनेजस्तो रोजगारी नपापछि बाध्य भएर बिदेशीनु परेको छ ।

मलसिया,जापान,माल्टा,कुबेत जापान, साउदी,लगाएका देशहरुमा छोरा, छोरी, आमाबुा, श्रीमतीको मायालाई चटक्कै मारेर बिदेशीनु परेको बिदेशीयका एक युवाले बताए । यो हाम्रो रहर नभएर बाध्यता हो । अर्काको देशमा दोस्रो दर्जाको नागरी भएर बाच्नु हामीलाई रहर थिएन होला । यदि हाम्रो देशमा रोजगारीका अबसर भएको भए ।

देशमा रोजगारीको अबस्था सृजना हुन नसक्दा आफू जस्ता पढेलेखेका युवाहरु ऋण निकालेर बिदेशीनु परेको छ । युवाहर बिदेशीय पछि गाँउमा बुढापाखा, बालबच्चा महिला बिरामी मात्र गाँउमा अहिले छन् । बुढापाखा भन्नछन् गाँउमा युवाहरु कोही छैन बढापाखा बालबच्चा बिरामी महिला मात्र छन् ८१ बर्षिया रतन बहादुर रोकायाले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap