बाजुरामा बीच बाटोमै बच्चा पाएकी बोहराको उद्धार


लेखक : सुन्दराञ्चल      माघ २६, २०८१ मा प्रकाशित     
बाजुरामा बीच बाटोमै बच्चा पाएकी बोहराको उद्धार

बाजुरा, माघ २६। बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ।जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो।

सिर्जनाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी हुन्। स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनलाइ महिला स्वास्थ्यकर्मीले स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्र पुगाएका थिए। माझपालि आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडकाले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap